संसद् पुनः स्थापनाको रिटले कांग्रेस भित्र विवाद

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पार्टीमा छलफल नगरी नेपाली कांग्रेस संसद् पुनः स्थापनाको रिट लिएर सर्वोच्च अदालत पुगेको छ । संसद विघटनविरुद्ध आइतबार कांग्रेस निर्वाचन समितिका संयोजकसमेत रहेका पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाँतीले वारेसनामामार्फत रिट सर्वोच्चमा दायर गरेका हुन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकको हस्ताक्षरमा संसद् पुनः स्थापनाको मागसहित आइतबार रिट दायर भएपछि पार्टी भित्र विवाद सुरु भएको छ । महामन्त्री गगनकुमार थापा उक्त रिट पार्टीको तर्फबाट नभएको तर्क गरेका छन् ।

‘सर्वोच्चमा रिट लिएर नेपाली कांग्रेस गएको छैन । संसदीय दल वा केन्द्रीय समितिबाट रिटमा जाने निर्णय भएको छैन,’ थापाले भनेका छन्, ‘नेपाली कांग्रेसले केन्द्रीय समितिबाट जे निर्णय गरेको छ त्यही नै कार्यान्वयन गर्ने हो ।’

केही नेताले व्यक्तिगत रुपमा रिट दायर गरेको बताउँदै उनले भनेका छन्,‘कांग्रेसको बैठकमा पुनस्र्थापनामा जानुपर्छ भन्ने पनि आवाज आएको थियो । चुनावमा जानुपर्छ भन्ने पनि आवाज आएको थियो। यो त्यही संसद् पुनस्र्थापनामा जानुपर्छ भन्ने पक्षको आवाजको प्रतिनिधित्व हो। निर्वाचनमा जाने हाम्रो निर्णयमा रिटले कुनै फरक पार्दैन । हाम्रो निर्णय कार्यान्वयनमा हामी प्रतिबद्ध छौँ। व्यक्तिगत रूपमा रिट लिएर जाने स्वतन्त्रता सबैलाई छ।’

अन्य नेताले पनि संसदपुनस्थापनाका लागि दायर रिट पार्टीको निर्णयविपरित भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, २३ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.