बेहाेस अवस्थामा भेटिएकी पत्निकाे मृत्यु ,पति गम्भीर घाइते, बुहारी पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको बेलबारी नगरपालिका– २ मा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु भएको छ । ससुरा गम्भीर घाइते भएका छन् । बुहारीले खानामा विष मिसाएर दिँदा वृद्ध दम्पती ७० वर्षीय भक्तबहादुर राई र ७७ वर्षीया श्रीमती ईन्द्रमाया राई गम्भीर घाइते भएका थिए ।

नोबेल मेडिकल कलेजमा उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भतिजी बुहारी बुहारी ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो करिब ३ बजे घर नजिकै खोल्सीमा स्थानीयले भक्तबहादुर राईलाई बेहोस अवस्थामा फेला पारेका थिए । खोल्सीबाट उद्दार गरि घर पुर्‍याउँदा उनकी ७७ वर्षीया श्रीमती ईन्द्रमाया राई बेहोस अवस्थामा लडिरहेकी थिइन् । आँगनमा ३ वटा कुखुरा मरेको अवस्थामा भेटिए ।

विष खाएको आशंकामा स्थानीयले वृद्ध दम्पतिलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा पठाएको थियो । नोबेलमा उपचारका क्रममा शनिबार राति ईन्द्रमाया राईको मृत्यु भएको हो । भक्तबहादुर राईको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

खानामा विष मिसाएर खुवाएको आरोपमा प्रहरीले सोही घरमा बस्ने राई दम्पतीकी भतिजी बुहारी ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार, बुहारीले खानामा विष मिसाएर खुवाएको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । खानामा विष मिसाएपछि उनले विषको बट्टा अँगेनामा डढाएको बयान दिएकी छन् । प्रहरीले जलेको बट्टा पनि फेला पारेको छ । विष खुवाउने कारण भने पारिवारिक विवाद देखिएको प्रहरी स्रोतले जनाएको छ । कार्कीलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, २२ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.