काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता गरेकी छन् ।
जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबारभित्रका संरचनाको अवलोकनका लागि गएकी पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग पनि भेट गरेकी हुन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले सिंहदरबार विभिन्न मन्त्रालयसहित, सवारीसाधन र अन्य संरचनामा आगजनी गरेका थिए ।
आगजनीले खण्डहर बनेको सिंहदरबार परिसरका विभिन्न संरचनाको पुनर्निर्माणको क्रम चलिरहेको छ । जेनजी आन्दोलनकै क्रममा भंगालमा रहेको पूर्वराष्ट्रपति भण्डारीको निजी निवासमा समेत आगजनी भएको थियो । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच त्यसयता पहिलो पटक भेटवार्ता भएको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)