विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अप्रेशनमा लापरवाही हुँदा सामान्य नाकको शल्यक्रिया गराउन आएका ७ वर्षीय बालक जेनिश पाठकले आँखाको ज्योति गुमाएको फेला परेको छ ।
नाक भित्र पलाएको मासुको शल्यक्रिया गर्दा इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिश पाठकको आँखाको ज्योति गुमेको थियो । घटनापछि स्वास्थ्य मन्त्रालयले गठन गरेको छानविन समितिले चिकित्सकको ‘लापरवाही’ भएको निष्कर्ष निकालेको हो ।
इटहरी उपमहानगरपालिका–१, हासपोसाका ७ वर्षीय जेनिशको नाकको दाहिने प्वालमा मासु पलाएपछि परिवारले उनलाई गत मंसिर ४ गते नोबेल मेडिकल कलेजमा भर्ना गरेका थिए । अस्पताल प्रशासनले परिवारलाई डा प्रज्वल श्रेष्ठले शल्यक्रिया गर्ने जानकारी गराएको थियो ।
मंसिर ५ गते शल्यक्रिया सुरु भयो । डा श्रेष्ठकै नेतृत्वमा अप्रेशन थिएटर मा लगिएका बालकको शल्यक्रिया पूरा नहुँदै डाक्टर बाहिर निस्किए । छानबिन समितिका अनुसार, डाक्टर श्रेष्ठले ‘अर्को इमर्जेन्सी बिरामी हेर्नुपर्ने’ भन्दै बीचमै शल्यक्रिया छाडेर हिँडेका थिए । त्यसपछि बाँकी शल्यक्रिया कविराज बास्तोलासहितको सहायक टोलीले पूरा गरेको थियो ।
शल्यक्रियाको भोलिपल्टै बालकको आँखामा गम्भीर समस्या देखियो । अस्पतालले हतार–हतार उनलाई डिस्चार्ज गरिदियो । शंका लागेर परिवारले बालकलाई विराटनगर आँखा अस्पताल पुर्याए । त्यहाँ परीक्षण गर्दा ‘दाहिने आँखाको भित्री भाग ड्यामेज भइसकेको र आँखा देख्ने सम्भावना लगभग नभएकाे मेडिकल रिपोर्ट आएपछि परिवार छाँगाबाट खसेजस्तै भयो ।
घटनापछि बालकका मामाले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए । प्रशासनको पत्रपछि स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका ईएनटी विभागीय प्रमुख डा अनिता जिसीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिसँगको बयानमा डा प्रज्वल श्रेष्ठले अप्रेशन पुरा नगरी निस्किएको स्वीकार गरेका छन् । स्रोतका अनुसार उनले बयानमा भनेका छन् ‘इमर्जेन्सी बिरामी आएका कारण सहायक डाक्टरलाई जिम्मा लगाएर म निस्किएको हुँ।’
समितिले मुख्य डाक्टरले नै शल्यक्रिया पूरा गरेको भए यस्तो दुर्घटना नहुन सक्ने निष्कर्ष निकालेको छ । छानबिन समितिले पीडित परिवारलाई उचित क्षतिपूर्ति भराउन र लापरवाही गर्ने चिकित्सकमाथि कडा कारबाही गर्न सिफारिस गर्दै १–२ दिनभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)