अंशु गाैतमकाे हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ

Satya Sanchar सत्य सञ्चार
अंशु गाैतमकाे तस्बीर उनकाे शव भेटिएकाे स्थान ।

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि माेरङ प्रहरीले छिमेकीलाई नै पक्राउ गरेकाे छ ।

असोज २१ गते दिउँसो घरबाट निस्किएकी गाैतमकाे कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र शरिर क्षतविक्षत अवस्थामा फेला परेकाे थियाे ।

दुई महिना लामाे अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएकाे हाे । यद्यपि, प्रहरी अधिकारीहरुले आधिकारिक पुष्टि गरिसकेका छैनन् । माेरङ प्रहरी प्रमुख कबित कटवालले हत्या अनुसन्धान लगभग अन्तिम चरणमा पुगकाे बताए ।

प्रहरी स्रोतका अनुसार पदमले अंशुको हत्या गरेको स्वीकार गरिसकेका छन् । घरबाट हराएकै दिन अंशुको हत्या भएको देखिएकाे प्रहरीले बताएकाे छ । हत्याकाे कारण भने प्रहरीले बताएकाे छैन ।

पारिवारिक रिसिबिइ नै मुख्य कारण देखिएकाे प्रहरीले जनाएकाे छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीसमेत खटिएको थियो ।

प्रकाशित मिति: आइतबार, २२ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.