एनपीएलमा कर्णाली र जनकपुरबीचकाे खेल आज

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज साविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । याे दुई टाेलीकाे प्रतिष्ठाको लडाइँ लड्दै हाे । आजको खेलले तालिकाको पुछारमा रहने टिमको टुंगो लगाउनेछ । यो दोस्रो संस्करणमा लिग चरणको अन्तिम खेलसमेत हो ।

तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले ६ खेलबाट दुई अंक जोडेको छ । जनकपुर पुछारमा छ ।

कर्णालीले लिगको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको जित निकालेको थियो ।

तर, पहिलो खेलमा चितवनसँग चार विकेटको, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध तीन विकेटको, पाँचौँ खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र छैटौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध ३४ रनको हार व्यहोरेको थियो । कर्णालीले पहिलो संस्करणमा इलिमिनेटर र दोस्रो क्वालिफायर खेलेको थियो ।

गत सिजन सुदूरपश्चिम रोयल्सलाई उपाधि भिड्न्तमा हराउँदै च्याम्पियन बनेको जनकपुरले यो सिजन ६ खेल खेल्दा एकमा मात्रै जित निकालेको छ ।

प्रतियोगिताको दोस्रो संस्करणमा जनकपुरले लगातार चार हारपछि पाँचौँ खेलमा जित निकालेको थियो । पहिलो खेलमा जनकपुरलाई काठमाण्डू गोर्खाजले पाँच विकेटले निराश बनाएको थियो ।

दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध २५ रनको, चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो । पाँचौँ खेलमा भने जनकपुरले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । छैटौँ खेलमा जनकपुरविरुद्ध लुम्बिनीले चार विकेटको जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: आइतबार, २२ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.