एनपीएलकाे प्लेअफमा विराटनगर, काठमाण्डौं, लुम्बिनी र सुदूरपश्चिम

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । साबिक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को प्लेअफमा स्थान बनाएको छ ।

शुक्रबार भएको खेलमा जनकपुरविरुद्ध ४ विकेटको जित निकाल्दै लुम्बिनीले ८ अंकसहित तालिकाको चौथो स्थानमै यथावत रहेर प्लेअफमा स्थान बनाएको हो । लुम्बिनीले ७ खेलमा ४ जित निकालेको छ ।

टस हारेर १३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा १३७ रन बनाउँदै जित निकालेको हो ।

यससँगै प्लेअफमा सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स र लुम्बिनीको प्रतिस्पर्धा हुने भएको छ ।

सुदूरपश्चिम ६ खेलमा शतप्रतिशत जित निकाल्दै १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । काठमाडौं ५ खेलमा पाँच जित निकाल्दै १० अंकका सात तालिकाको दोस्रो स्थानमा छ । विराटनगर ६ खेलमा ४ जित निकाल्दै ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

पोखरा, चितवन राइनोज, कर्णाली याक्स र जनकपुर बोल्ट्सले भने लिग चरणबाटै बाहिरिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, २० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.