समानुपातिकतर्फ चुनाव लड्ने दलसँग निवेदन आह्वान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ चुनाव लड्न चाहने दलहरूलाई निवेदन दिन निर्वाचन आयोगले आह्वान गरेको छ । शुक्रबार सूचना निकालेर आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न भनेको हो ।

दल दर्ताका लागि मंसिर २१ गतेदेखि मंसिर २३ गतेसम्मको समय दिइएको छ । आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ ।

प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने दल प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रयोजनका लागि राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ वा दफा ४९ बमोजिम आयोगमा दर्ता भएको हुनुपर्नेछ ।

प्रत्यक्षतर्फ निर्वाच्न प्रयोजनका लागि ११७ वटा दल दर्ता भएका छन् । राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरिदिनुपर्ने हुन्छ ।

राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने गरी केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि संलग्न राख्नुपर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, २० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.