ठूला दरका भारतीय नोटमाथिकाे प्रतिबन्ध हट्याे, सीमा २५ हजार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया(आरबीआई) ले १ सयभन्दा ठूला दरका भारतीय नोट नेपाल ल्याउन र लैजान पाउने बाटाे खुला गरेकाे छ । नेपालमा निर्वाचनकाे तयारी चलिरहेका बेला आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठूला दरका नोट पनि नेपाल भारत ल्याउन/लैजान पाउने व्यवस्था गरेको हो ।

आरबीआईले गरेको नयाँ व्यवस्था अनुसार १ सय भारुसम्मका नोटमा कुनै सीमा तोकिएको छैन । तर, १ सयभन्दा माथिका नोटका हकमा भने २५ हजार भारुसम्म भारतबाट नेपाल ल्याउन वा लैजान पाइने व्यवस्था गरेको छ ।

ठूला दरका भारतीय नोट यात्रा गर्नेले नै बोकेर ल्याउन पाउने तर पठाउन भने नपाउने व्यवस्था  आरबीआईले गरेको छ । यसभन्दा अघि ठूला दरका भारतीय नोट नेपाल ल्याउन पाइए पनि नेपालबाट भारतमा लैजान पाउने व्यवस्था थिएन ।

भारतले सन् २०१६ मा ठूला दरका भारु नोटबन्दी गरेको थियो । त्यसपछि ठूला दरका नोट नेपाल ल्याउन/लैजान बन्देज थियो । नेपालले १ सयभन्दा बढीका भारु चलनचल्तीमा बन्देज लगाएको थियो । भारतले लगाएको बन्देज खुलाए पनि नेपालका तर्फबाट भने निर्णय हुन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, २० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.