एनपीएलको प्लेअफमा सुदूरसँगै विराटनगर र काठमाण्डू

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा तीन टोली पुगेका छन् । एक स्थानका निम्ति चार टिम चर्को प्रतिस्पर्धामा छ ।

सुदूरपश्चिमले लिग चरणका दुई खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको थियो । बिहीबारको दुई खेलपछि काठमाण्डू गोर्खाज र विराटनगर किंग्सले प्लेअफको यात्रा तय गरे ।

प्रतियोगिताको दोस्रो संस्करण चलिरहँदा एनपीएलमा पहिलोपटक यी दुई टिमले प्लेअफ यात्रा तय गरेका हुन् । अघिल्लो सिजन विराटनगर र काठमण्डू दुवै टिम लिग चरणबाटै बाहिरिएका थिए ।

बिहीबार पोखरा एभेन्जर्सविरुद्ध १३ रनको जित निकालेपछि काठमाण्डू दोस्रो संस्करणको प्लेअफ पुग्ने दोस्रो टिम बन्यो ।

दोस्रो खेलले सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हराउँदा विराटनगरले प्लेअफ यात्रा तय गर्‍यो । सुदूरपश्चिमले चितवनसँग हार व्यहोर्दा विराटनगरलाई अन्तिम खेलमा जित्नै पर्ने दबाब हुन्थ्यो । लिग चरणको अन्तिम खेलमा विराटनगरले सुदूरपश्चिमविरुद्ध नै खेल्ने तालिका छ । तर सुदूरपश्चिमले अपराजित यात्रा तय गर्दा विराटनगरलाई फाइदा भयो ।

प्रतियोगिताको लिग चरणमा ६ खेल खेलेको सुदूरपश्चिम लिग चरणमा शीर्ष स्थानमा छन् । प्लेअफमा सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्नेछ । सुदूरपश्चिमले लिग चरणमा शीर्ष स्थान पक्का गरे पनि प्लेअफ पुगिसकेका काठमाण्डू र विराटनगरको स्थान भने निश्चित भइसकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, २० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.