एनपीएलको प्लेअफमा सुदूरसँगै विराटनगर र काठमाण्डू

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा तीन टोली पुगेका छन् । एक स्थानका निम्ति चार टिम चर्को प्रतिस्पर्धामा छ ।

सुदूरपश्चिमले लिग चरणका दुई खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको थियो । बिहीबारको दुई खेलपछि काठमाण्डू गोर्खाज र विराटनगर किंग्सले प्लेअफको यात्रा तय गरे ।

प्रतियोगिताको दोस्रो संस्करण चलिरहँदा एनपीएलमा पहिलोपटक यी दुई टिमले प्लेअफ यात्रा तय गरेका हुन् । अघिल्लो सिजन विराटनगर र काठमण्डू दुवै टिम लिग चरणबाटै बाहिरिएका थिए ।

बिहीबार पोखरा एभेन्जर्सविरुद्ध १३ रनको जित निकालेपछि काठमाण्डू दोस्रो संस्करणको प्लेअफ पुग्ने दोस्रो टिम बन्यो ।

दोस्रो खेलले सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हराउँदा विराटनगरले प्लेअफ यात्रा तय गर्‍यो । सुदूरपश्चिमले चितवनसँग हार व्यहोर्दा विराटनगरलाई अन्तिम खेलमा जित्नै पर्ने दबाब हुन्थ्यो । लिग चरणको अन्तिम खेलमा विराटनगरले सुदूरपश्चिमविरुद्ध नै खेल्ने तालिका छ । तर सुदूरपश्चिमले अपराजित यात्रा तय गर्दा विराटनगरलाई फाइदा भयो ।

प्रतियोगिताको लिग चरणमा ६ खेल खेलेको सुदूरपश्चिम लिग चरणमा शीर्ष स्थानमा छन् । प्लेअफमा सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्नेछ । सुदूरपश्चिमले लिग चरणमा शीर्ष स्थान पक्का गरे पनि प्लेअफ पुगिसकेका काठमाण्डू र विराटनगरको स्थान भने निश्चित भइसकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, २० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.