विराटनगर । मोरङको जहदामा भाइको हत्या गरी दाजु फरार भएका छन् ।
जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेका २८ वर्षीय श्रवणकुमार साहमाथि दाजु राजकुमार साहले धारिलो हतियार प्रहार गरेका थिए । सामान्य घरायसी विवादमा भाइको हत्या गरी दाजु भारत भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार सामान्य विवादमा बुधबार राति हतियार प्रहार भएको देखिन्छ । धारिलो हतियारबाट घाइते भएका श्रवणलाई विराट टिचिङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
घटनास्थलबाट भारतीय सीमा करिब १ सय मिटर दूरी टाढा छ । भाइको हत्यापछि दाजु भारत तर्फ भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक श्रवण र फरार राजकुमार काकाठूलो बुवाका छोरा हुन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)