विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि धनकुटामा पुन मतदान गर्नुपर्ने भएको छ । केन्द्रीय कमिटीले यसअघि भएको निर्वाचनलाई मान्यता नदिएपछि पुन निर्वाचन गर्नुपर्ने भएको हो ।
जिल्लामा यसअघि देखि नै नै राजेन्द्र राई र इन्द्रमणी पराजुली पक्षबीच विवाद छ । मंसिर १३ गते भएको निर्वाचनमा राई पक्षबाट १३ जना निर्वाचित भएका थिए । अर्काे पक्षले मतदान एकलौटी गरेको भन्दै विरोध जनाएको थियो ।
केन्द्रले प्रतिनिधि छनोट स्वच्छ, निष्पक्ष र पारदर्शी नभएको ठहर गर्दै ५ दिनभित्र पुनः निर्वाचन गर्न निर्देशन दिएको छ ।
केन्द्रले कोशी प्रदेश इन्चार्ज शेरधन राई र जिल्ला इन्चार्ज राजेन्द्र राईलाई निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ । उनीहरुबीच सम्बन्ध राम्रो छैन । एक–अर्कासँग ‘राम्रो सम्बन्ध नभएका’ दुई नेतालाई नै केन्द्रले विवाद समाधान र सहजीकरणको जिम्मा दिएको हो । यसअघि ओखलढुंगामा पुनः प्रतिनिधि छनौट गर्न एमाले केन्द्रले निर्देशन दिएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)