विराटनगर । नेकपा (एमाले) केन्द्रीय कार्यालयले ओखलढुंगा जिल्लाको महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया रद्द गर्दै पुन निर्वाचन गर्न निर्देशन दिएकाे छ ।
जिल्ला सदरमुकाममा सम्पन्न भनिएको प्रतिनिधि छनौटकाे निर्वाचनमा इतर पक्ष विजयी भएकाे थियाे । तर, निर्वाचन प्रक्रिया विधि र निर्देशन विपरित भएको भन्दै केन्द्रले अस्वीकार गर्दै ५ दिन भित्र निर्वाचन गर्न निर्देशन दिएकाे हाे ।
एमाले केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीद्वारा हस्ताक्षरित पत्रमा ८ मध्ये ६ वटा पालिका कमिटीहरूको माग र बहुसंख्यक उम्मेदवारहरूको असहमति रहँदा रहँदै जबर्जस्ती प्रतिनिधि छनौट गरिएको उल्लेख छ । साथै, प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन समेतको अवज्ञा गरी सदरमुकाममा सम्पन्न भनिएको उक्त निर्वाचन स्वीकार गर्न नसकिने पत्रमा स्पष्ट पारिएको छ ।
केन्द्रले जिल्ला कमिटी ओखलढुंगालाई पत्र काट्दै प्रभावकारी माध्यमबाट सबै सदस्यलाई सूचना सम्प्रेषण गरी पालिकास्तरमा नै मतदान केन्द्रको व्यवस्थापन गरेर पाँच दिनभित्र पुनः निर्वाचन गर्न कडा निर्देशन दिएको छ ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)