हर्क साम्पाङकाे पार्टीकाे सिद्धान्त ‘हर्कवाद’

Satya Sanchar सत्य सञ्चार

सुनसरी । हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले ‘हर्कवाद’लाई पार्टीको मूल सिद्धान्त बनाउने घोषणा गरेको छ । मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीको सिद्धान्त हर्कवाद बनाउने घोषणा गरेको हो ।

प्रकृति–संस्कृति–प्रविधिको सन्तुलित र समुचित विकासले मानव जगतको रक्षा र उन्नति गर्न सम्भव रहेको बताउँदै अध्यक्ष साम्पाङले श्रमदानलाई आधार बनाएर पार्टीको सिद्धान्त हर्कवाद बनाइएको बताए ।

दलको अवधारणा र एजेन्डाहरू सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले अवधारणा पत्र पढेर सुनाउँदै भने, ‘प्रकृति–संस्कृति–प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्दछ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नुपर्दछ । अनिवार्य श्रम र श्रमदाताको नीति र निरन्तर अभ्यासले मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ विनास र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद ।’

प्रकाशित मिति: बुधबार, १८ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.