काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज सोमबार कुनै खेल तय गरिएको छैन । नेपाल क्रिकेट संघले मंसिर १ गतेदेखि जारी प्रतियाेगिताकाे खेल तालिकामा आजका लागि कुनै पनि खेल राखेकाे छैन ।
भोलि मंगलबार भने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई खेल हुनेछन् । पहिलो खेल बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र चितवन राईनोजबिच हुनेछ । दिउँसो ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एमेन्जर्स र कर्णाली याक्सबीच हुनेछ ।
हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स अपराजित रहेको छ । रोयल्स १० अंकसहित तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफका लागि क्वालिफाइड भइसकेको छ । समान ८–८ अंक भएको काठमाडौँ गुर्खाज दोस्रो र विराटनगर किङ्स तेस्रो स्थानमा छन् ।
चितवन राईनोज तथा लुम्बिनी लायन्स समान ४ अंकका साथ क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।
कर्णाली याक्स छैटौँ र पोखरा एमेन्जर्स सातौँ स्थानमा छ। साबिकको विजेता जनकपुर बोल्ट्स तालिकाको अन्तिममा छ ।
प्रतियोगिताको फाइनल मंसिर २७ गते हुनेछ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)