१४ मंसिर, विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते विराटनगरका सरकारी कार्यालय आगजनी गर्ने मध्येका एक नेकपा नेता ताजिम अन्सारी पक्राउ परेका छन् । अन्सारी नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेता हुन् । अमनलाल मोदी सामान्य प्रशासन मन्त्री हुँदा उनी स्वकीय सचिव थिए ।
गत भदौ २४ गते अन्सारीले सरकारी कार्यालयहरुमा तोडफोड र आगजनीमा उनी संलग्न रहेको प्रहरीले बताएको छ । सरकारी कार्यालय आगजनी र तोडफोड गर्दै गरेको भिडियो पनि सार्वजनिक भएको थियो ।
तोडफोड र आगजनीमा संलग्न भएको देखिएपछि अन्सारीलाई विराटनगरबाट पक्राउ गरेको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए । उनका अनुसार अन्सारी विराटनगर बजारबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार तोडफोड र आगजनीमा संलग्न राजिव यादव,अरुण साह सोनार, महेश नेपाल र आवाज पौडेल पनि पक्राउ परेका छन् । प्रहरी आइतबार रंगेलीबाट पनि तीन जनालाइ पक्राउ गरेकाे थियाे । माेरङ प्रहरीले ताेडफाेड र आगजनीमा संलग्न भएकाे आराेपमा यसअघि २३ जनालाइ पक्राउ गरेकाे थियाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)