विराटनगर । नेकपा एमालेको आसन्न ११ औं महाधिवेशन प्रतिनिधिको निर्वाचनमा नेकपा एमालेका दुई सांसद नै पराजित भएका छन् । सुनसरी क्षेत्र नं १ बाट कोशी प्रदेशसभाका सांसद पराजित भएका हुन् ।
कोशी प्रदेश सांसद रहेका रमेशकुमार बस्नेत र विजयकुमार राई पराजित भए । खुल्लातर्फ आसाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी निवार्चित भएका छन् ।
निर्वाचित भएका सुवेदीले ७९६, राईले ७७६ र चौधरीले ६७४ मत प्राप्त गरेका छन् । प्रदेश सांसद बस्नेतले ३७६ र राईले ३९१ मत पाएका छन् ।
महिलातर्फ २ जनाको कोटामा सीता भण्डारी पौडेल ७६६ मत र सुशीला पहाडी ढकाल ७१५ मतसहित निवार्चित भएका छन् ।
युवातर्फ दिवस वान्तवा राई ८८६ मतले निवार्चित भएका छन् । युवा तर्फ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल र पूर्वमुख्यमन्त्री भीम आचार्यका स्वकीयसचिव अनिल राजधामी पनि उम्मेदवार थिए । प्रतिनिधि निर्वाचित भएका मुरारी सुवेदी बाहेक सबै इतर पक्षका हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)