‘पानी चल्दैनथ्यो, एमालेले भोट पनि नचल्ने बनायो’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया चलिरहँदा मोरङमा दलित समुदायका नेता–कार्यकर्ताले आफूमाथि ‘संस्थागत विभेद’ भएको बताएका छन् । शनिबार जारी मतदान प्रक्रियामा दलितको मतलाई अन्य समुदायसँग अलग्गै राखिएपछि असन्तुष्टि सतहमा आएको हो ।

विशेष गरी दलित प्रतिनिधि छनोटका लागि अपनाइएको विधिले समाजमा विद्यमान छुवाछुतलाई राजनीतिक रूपमै संस्थागत गरेको भन्दै दलित अगुवाहरूले आक्रोश पोखेका छन् ।

एमालेको विधानअनुसार दलित प्रतिनिधि छनोटका लागि सिङ्गो जिल्लालाई एउटा निर्वाचन क्षेत्र मानिएको छ। तर, विभेदकारी व्यवस्था के छ भने– दलित प्रतिनिधि छान्न दलित समुदायका संगठित सदस्यले मात्र मतदान गर्न पाउँछन् । उनीहरूले खुला, महिला वा युवा कोटाका उम्मेदवारलाई भोट हाल्न पाउँदैनन् ।
गैर–दलित समुदायका सदस्यले पनि दलित उम्मेदवारलाई मतदान गर्न पाउँदैनन् । दलितका लागि मतपत्र मात्र होइन, मतपेटिका समेत छुट्टै राखिएको छ ।

“समाजमा पानी त चल्दैनथ्यो नै, अब पार्टीले भोट पनि नचल्ने बनायो।”एमालेबाटै राष्ट्रियसभाका पूर्वसांसद समेत रहेका खेम नेपालीले भने,’ “हामीलाई अझ साँघुरो घेरामा राखेर ‘रैथाने दलित’ बनाइयो। चुन्ने र चुनिने अधिकारलाई खुम्च्याएर फेरि पनि राजनीतिक रूपमा ‘अछुत’ व्यवहार गरिएको छ ।”

दलित अधिकारकर्मी तथा एमाले नेता उमेश विश्वकर्माले पनि पार्टीले सामाजिक न्यायको सिद्धान्त कुल्चिएको बताए। “दलितले दलितलाई मात्र भोट हाल्ने व्यवस्थाले छुवाछुत र विभेदलाई राजनीतिक रूपमै संस्थागत गरेको छ,” विश्वकर्माले भने, “यो एकदमै गलत अभ्यास हो, तर पार्टीले निर्णय गरिसकेकाे छ”

नेकपा एमाले मोरङका सचिव सोमराज थापाले पनि यो प्रावधान व्यावहारिक रूपमा विभेदकारी देखिएको स्वीकार गरेका छन् । उनले भने, “खासमा अन्य (खुला, महिला, युवा) तर्फ ८ सय सदस्य बराबर एक प्रतिनिधि छानिन्छन् भने दलितको हकमा ५ सय जना बराबर एक प्रतिनिधि पठाउने खुकुलो प्रावधान राखिएको हो। यसले प्रतिनिधित्व सुनिश्चित गर्न खोजेको देखिन्छ।”

मतदान प्रक्रियामा अपनाइएको विधिले गलत सन्देश गएको उनले महसुस गरेका छन् । “दलितका लागि छुट्टै मतपत्र र छुट्टै मतपेटिका राख्दा उनीहरूलाई अलग्याइएको जस्तो देखियो। हेर्दा अलिक नमज्जा र विभेद गरेजस्तो पक्कै देखिएको छ,” थापाले भने

एमालेको ११औं महाधिवेशनका लागि मोरङबाट ३ जना दलित प्रतिनिधि छनोट हुँदैछन् ।

प्रकाशित मिति: शनिबार, १४ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.