कर्णाली याक्समाथि विराटनगरकाे रोमाञ्चक जित

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले कर्णाली याक्समाथि रोमाञ्चक जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगरले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले ७ विकेटको क्षतिमा एक बल खेल्न बाँकी हुँदा पूरा गर्‍यो ।

अन्तिम दुई बलमा चार रन चाहिएको स्थितिमा विराटनगरका बसिर अहमदले कर्णालीका नन्दन यादवलाई छक्का प्रहार गर्दै टोलीलाई जिताए । बसिरले नटआउट ६२ रन जाेडेका थिए । लगातार विकेट गइरहेको बेलमा अहमदले ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

यो विराटनगरकाे चौथो जित हाे । चार खेल खेलेको कर्णाली भने तीन खेलमा पराजित भइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, १३ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.