कर्णाली याक्समाथि विराटनगरकाे रोमाञ्चक जित

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले कर्णाली याक्समाथि रोमाञ्चक जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगरले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले ७ विकेटको क्षतिमा एक बल खेल्न बाँकी हुँदा पूरा गर्‍यो ।

अन्तिम दुई बलमा चार रन चाहिएको स्थितिमा विराटनगरका बसिर अहमदले कर्णालीका नन्दन यादवलाई छक्का प्रहार गर्दै टोलीलाई जिताए । बसिरले नटआउट ६२ रन जाेडेका थिए । लगातार विकेट गइरहेको बेलमा अहमदले ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

यो विराटनगरकाे चौथो जित हाे । चार खेल खेलेको कर्णाली भने तीन खेलमा पराजित भइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, १३ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.