विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङ र धनकुटाका दुई प्रहरी कार्यालयलाई कम्प्युटर सहयोग गरेको छ । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय भेडेटारलाई एक–एक थान आधुनिक कम्प्युटर हस्तान्तरण गरेको हो ।
संस्थाका संस्थागत सामाजिक विकास विभाग प्रमुख शिवकुमार रामले मोरङ प्रहरी प्रमुख कबित कटवाललाई कम्प्युटर हस्तान्तरण गरे ।
इलाका प्रहरी कार्यालय भेडेटारलाई संस्थाकी कोशी प्रदेश प्रमुख सावित्रीदेवी श्रेष्ठले कम्प्युटर हस्तान्तरण गरिन् ।
गत भदौ २३–२४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीका प्राविधिक उपकरणमा क्षति पुगेको थियो । प्रहरी कार्यालयको दैनिक सेवा प्रवाहमा सहजता ल्याउन कम्प्युटर सहयोग गरिएको विभाग प्रमुख रामले बताए । कम्प्युटर ग्रहण गर्दै मोरङ प्रहरी प्रमुख कटवालले प्रहरीको सेवा प्रवाहलाई छिटो र छरितो बनाउन मद्दत पुग्ने बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)