बागमती डर्बीमा काठमान्डु विजयी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।  काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनाेजलाई पराजित गरेकाे छ । बागमती डर्बी खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित हात पारेको हाे ।

पाँच खेल खेलिसकेको काठमान्डु तेस्रो जितपछि ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । विराटनगर समान अंक भए पनि रनरेटमा काठमान्डु पछि छ ।

काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भयो ।

चितवनका लागि देव खनाल र रबि बोपाराले समान २१ रन बनाए भने सोहे तनविरले १८ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

काठमाडौंका लागि रासिद खानले १.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । कप्तान करण केसी, मिलिन्द कुमार र शाहब आलमले समान दुई/दुई विकेट लिए ।

आजको खेलमा दुई विकेट लिएका करण र मिलिन्दको विकेट संख्या ९ पुगेको छ । यी दुई खेलाडीसँगै विराटनगरका कप्तान सन्दीप लामिछाने र सुदूरशप्चिमा हर्मित सिंहले पनि समान ९ विकेट लिएका छन् ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, १३ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.