कोशी प्रदेश सरकारको ढुकुटी कमजाेर, आम्दानी र खर्च घट्याे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जेनजी आन्दोलन र आर्थिक मन्दीको दोहोरो मारमा परेको कोशी प्रदेश सरकारको ढुकुटी चालु आर्थिक वर्षको पहिलो चार महिनामै ठूलो असर देखिएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्याङ्कले आन्तरिक आयस्रोत संकुचनमा गएको र विकास निर्माणमा हुने खर्च अत्यन्तै सुस्त छ ।

प्रदेश सरकारको आफ्नै आन्तरिक राजस्व संकलनमा गत वर्षको तुलनामा ३४.६ प्रतिशत घटेकाे छ । गत वर्ष १ अर्ब ११ करोड संकलन भएकोमा यस वर्ष घटेर ७२ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ । यो वार्षिक लक्ष्यको १३.२ प्रतिशत मात्र हो ।

आम्दानी घट्नुमा विभिन्न कारण छन् । जेनजी आन्दोलनका क्रममा यातायात कार्यालयमा भएको आगजनी र तोडफोडका कारण सेवा प्रभावित हुँदा सवारी करमा २४.९ प्रतिशतले गिरावट आएको छ ।

आर्थिक मन्दीले घरजग्गा रजिस्ट्रेसन दस्तुरमा १७ प्रतिशतको कमी ल्याएको छ । यसबाहेक, कृषि, वन र बेरुजु असुली जस्ता साना क्षेत्रको आम्दानी त झन्डै ९० प्रतिशतभन्दा बढी ले खुम्चिएको छ ।

आम्दानी घटेको मात्र होइन, प्रदेश सरकारसँग भएको बजेट खर्च गर्ने क्षमता पनि खस्केको देखिएको छ । पहिलो चार महिनामा कुल विनियोजित बजेटको जम्मा ९.२ प्रतिशत मात्र खर्च भएको छ। गत वर्ष यो खर्च १३.७ प्रतिशत थियो ।

पुँजीगत (विकास) खर्चको अवस्था झनै नाजुक छ, जम्मा ५ प्रतिशत मा सीमित भएको छ । यसले प्रदेशका विकास आयोजनाहरू समयमा सम्पन्न हुनेमा गम्भीर शंका उब्जाएको छ ।

कोशी प्रदेशको अर्थतन्त्र जेनजी आन्दोलन र मन्दीको कारण गहिरो समस्यामा परेको छ । एकातिर आन्तरिक आम्दानीका स्रोतहरू सुकेका छन् भने अर्कोतिर विकास खर्च गर्ने क्षमता इतिहासकै कमजोर देखिएको छ ।

प्रकाशित मिति: बिहिबार, १२ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.