कोशी प्रदेश सरकारको ढुकुटी कमजाेर, आम्दानी र खर्च घट्याे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जेनजी आन्दोलन र आर्थिक मन्दीको दोहोरो मारमा परेको कोशी प्रदेश सरकारको ढुकुटी चालु आर्थिक वर्षको पहिलो चार महिनामै ठूलो असर देखिएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्याङ्कले आन्तरिक आयस्रोत संकुचनमा गएको र विकास निर्माणमा हुने खर्च अत्यन्तै सुस्त छ ।

प्रदेश सरकारको आफ्नै आन्तरिक राजस्व संकलनमा गत वर्षको तुलनामा ३४.६ प्रतिशत घटेकाे छ । गत वर्ष १ अर्ब ११ करोड संकलन भएकोमा यस वर्ष घटेर ७२ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ । यो वार्षिक लक्ष्यको १३.२ प्रतिशत मात्र हो ।

आम्दानी घट्नुमा विभिन्न कारण छन् । जेनजी आन्दोलनका क्रममा यातायात कार्यालयमा भएको आगजनी र तोडफोडका कारण सेवा प्रभावित हुँदा सवारी करमा २४.९ प्रतिशतले गिरावट आएको छ ।

आर्थिक मन्दीले घरजग्गा रजिस्ट्रेसन दस्तुरमा १७ प्रतिशतको कमी ल्याएको छ । यसबाहेक, कृषि, वन र बेरुजु असुली जस्ता साना क्षेत्रको आम्दानी त झन्डै ९० प्रतिशतभन्दा बढी ले खुम्चिएको छ ।

आम्दानी घटेको मात्र होइन, प्रदेश सरकारसँग भएको बजेट खर्च गर्ने क्षमता पनि खस्केको देखिएको छ । पहिलो चार महिनामा कुल विनियोजित बजेटको जम्मा ९.२ प्रतिशत मात्र खर्च भएको छ। गत वर्ष यो खर्च १३.७ प्रतिशत थियो ।

पुँजीगत (विकास) खर्चको अवस्था झनै नाजुक छ, जम्मा ५ प्रतिशत मा सीमित भएको छ । यसले प्रदेशका विकास आयोजनाहरू समयमा सम्पन्न हुनेमा गम्भीर शंका उब्जाएको छ ।

कोशी प्रदेशको अर्थतन्त्र जेनजी आन्दोलन र मन्दीको कारण गहिरो समस्यामा परेको छ । एकातिर आन्तरिक आम्दानीका स्रोतहरू सुकेका छन् भने अर्कोतिर विकास खर्च गर्ने क्षमता इतिहासकै कमजोर देखिएको छ ।

प्रकाशित मिति: बिहिबार, १२ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.