काठमाडौं । फागुन २१ गतेका लागि तय भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन राजनीतिक दल दर्ता गर्ने अवधि ४ दिन थप भएकाे छ ।
निर्वाचन आयोगको कात्तिक २८ गतेको निर्णयअनुसार प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता अवधि २०८२ मंसिर १ गतेदेखि १० गतेसम्म तोकेको थियाे । दल दर्ताकाे क्रम बढेपछि चार दिन समय थप गरेकाे हाे । मंसिर १० गतेसम्म १०६ वटा दलले दल दर्ताकाे निवेदन दिएका छन् ।
निर्वाचन आयोगमा दर्ता कायम रहेका दलको जम्मा संख्या १३७ छ । नयाँ दल दर्ताका लागि पेस निवेदनमाथिको कारबाही प्रक्रिया पनि जारी रहेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगको बुधवार बसेको बैठकले दल दर्ता अवधि ४ दिन थप गर्ने निर्णय गरेको उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)