काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार दुई खेल हुँदै छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा प्रतियोगिताको अपराजित टोली सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससँग खेल्दैछ ।
सुदूरपश्चिमले अहिलेसम्म खेलेका तीनवटै खेल जितेकाे छ । सुदूरपश्चिमले यसअघि काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको, पोखरा एभेन्जर्सविरुद्ध १८ रनको र कर्णली याकक्सविरुद्ध ४५ रनको जित निकालेको थियो ।
लुम्बिनी लायन्सले एक जित र दुई हार व्यहोरेको छ । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा कर्णाली याक्सविरद्ध नौ विकेटको र तेस्रो खेलमा काठमाण्डू गोर्खाजसँग २२ रनले पराजित भएको थियो । याे खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।
दोस्रो खेलमा अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्ससँग खेल्दै छ । जनकपुर र पोखरा दुवै टिमले यसअघि दुई खेल खेले पनि जितविहीन छन् ।
जनकपुर पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटले र दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनले पराजित भएकाे थियाे ।
पोखरा पहिलो खेलमा विराटनगरसँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो । याे खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,988)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,890)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,711)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,149)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)