बढ्न थाल्यो चिसो, तराई क्षेत्रमा हुस्सु

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । देशभर चिसो बढेको छ । तराईका जिल्लामा मौसम परिवर्तनसँगै हुस्सु लाग्न थालेको छ ।

“तराईका केही जिल्लामा हुस्सु लाग्न थालेको छ । तर, विमान उडान र अवतरणमा समस्या हुने गरी बाक्लो हुस्सु भने लागेको छैन,” मौसमविद् हरिप्रसाद दाहाल भन्छन्,‘हुस्सु लाग्न थालेसँगै चिसो भने बढ्न थालेको छ ।”

चिसोबाट बच्न शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई चिसोबाट बचाउन विशेष ख्याल गर्नुपर्ने पनि मन्त्रालयले जनाएको छ ।

“आमाको दूध खाने बच्चालाई नियमित रूपमा स्तनपान गराऔँ । तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ । धूमपान तथा मद्यपान नगरौँ,” मन्त्रालयले भनेको छ ।

स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तैः ज्वरो आएमा, झाडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यारघ्यार भएमा, श्वास फेर्न कठिनाई भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ ।

सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला व्रिकेट आदि बालेर झ्याल–ढोका बन्द गरेर नसुत्न पनि मन्त्रालयले सचेत गराएको छ ।

प्रकाशित मिति: बुधबार, ११ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.