चितवनसँग खेल्दै विराटनगर किंग्स

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज अपराजित रहेकाे विराटनगर किंग्स चितवन राइनोजसँग खेल्दैछ । याे खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज ४ बजेदेखि सुरु हुनेछ ।

विराटनगर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ ।

विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले पराजित गर्दा तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई  ९ रनले हराएको थियो ।

विराटनगर आज सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवन दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएकाे थियो ।

 

प्रकाशित मिति: बुधबार, ११ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.