एमालेको दोहोरो नीति : निर्वाचन र प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा सँगसँगै

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचनको तयारी र संसद्  पुनर्स्थापनाको मुद्दासँगसँगै लिएर अघि बढेको छ ।

संसद पुनर्स्थापनाको माग गर्दै आएको एमाले तत्काल प्रतिनिधिसभा निर्वाचनको विपक्षमा छ । कांग्रेस, नेकपासहितका दल निर्वाचनको पक्षमा उभिएपछि एक्लिएको एमालेले मंगलबार निर्वाचन आयोग पुगेर दल दर्ता गरेको छ ।

मंगलबार नै सर्वाेच्च अदालतमा पुगेर संसद पुनर्स्थापनाका लागि निवेदन दर्ता गरेको छ ।

निर्वाचन आयोगमा दल दर्तापछि एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म दल दर्ताको समय छ । सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका थिए ।

मंगलबार नै एमालेको प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंगलबार रिट दर्ता गरेका हुन् ।

‘असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग सहित रिट निवेदन नेकपा एमाले संसदीय दलको तर्फबाट सर्वोच्च अदालतमा पेस भएको छ’, बर्तौलाले भने ।

जेनजी आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । आन्दोलनपछि बनेकी प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २७ गते संसद विघटनका लागि सिफारिस गरेकी थिइन् । उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको थियो ।

प्रकाशित मिति: मङ्गलबार, १० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.