विराटनगरकाे प्लाष्टिक उद्योगमा आगलागी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका– ७ मा रहेकाे प्लास्टिक उद्योगमा आगलागी भएकाे छ ।

अशोक अग्रवालले सञ्चालन गरेकाे उद्याेगकाे प्लास्टिक बनाउन प्रयोग गरिने कच्चा पदार्थ भण्डारण गरिएको  स्थानमा आगलागी भएको हो ।

विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलका अनुसार आगलागी लगभग नियन्त्रणमा आएकाे छ ।

आगलागीकाे कारण खुलेकाे छैन । क्षतिको विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: मङ्गलबार, १० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.