एनपीएलमा लुम्बिनी र काठमाण्डू भिड्दै

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाज खेल्दैछन् । दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् ।

समान दुई अंक जोडेको काठमाण्डू र लुम्बिनी अंक तालिकाको क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् ।

प्रतियोगितामा लुम्बिनीको यो तेस्रो खेल हो । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध नौ विकेटको हार व्यहोरेको थियो ।

काठमाण्डूको यो चौथो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । तर, दोस्रो र तेस्रो खेलमा भने सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग पराजित भएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, १० मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.