‘इस्टर्न डर्बी’मा जनकपुरमाथि विराटनगरकाे राेमाञ्चक जित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा विराटनगर किंग्सले जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकालेको छ ।

विराटनगरले दिएको १३६ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ९ विकेट गुमाएर १२६ रनमा समेटियाे ।

जनकपुरको लागि निकोल लोफ्टी इन्टोनले सर्वाधिक ४१ रन बनाए पनि जितका पर्याप्त हुन सकेन । लाहिरु मिलान्था २३, आसिफ शेख १३, कप्तान अनिलकुमार शाह ४, सन्जय कृष्णमुर्ति २० र मायन यादव ४ रनको योगदान दिए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने चम्किए । ४ ओभरमा ११ खर्चेर सन्दीपले ४ विकेट लिए । सूर्य तामाङले २, मार्चेन डि लिंगेले र शिभम रन्जनेले एक/एक विकेट लिए ।

टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन बनाए । बसिर अहमद ३६, ओपनर लोकेश बम २८, जर्ज मुन्से १०, गप्टिल मार्टिन १३ र नारायण जोशी २ रनमा आउट भए । याे विराटनगरकाे लगातार तेस्राे जित हाे ।

पूर्वी नेपालका दुई टाेलीबीचकाे खेललाई ‘इस्टर्न डर्बी’काे नाम दिइएकाे थियाे ।

प्रकाशित मिति: सोमबार, ०९ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.