सामाजिक सुरक्षा कोषमा श्रमिककाे याेगदान ९५ अर्ब नाघ्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सामाजिक सुरक्षा कोषमा श्रमिककाे याेगदान एक खर्ब रुपैयाँ नजिक पुगेकाे छ । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको कोषमा ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबरकाे याेगदान भएकाे हाे ।

कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार ३०९ पुगेका छन् । सूचीकृत योगदानकर्ता २६ लाख ४१ हजार १८९ बराबर पुगेको छ ।

कोषले हालसम्म १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६८४ बराबरको रकम दाबी भुक्तानी गरेको छ ।

कोषका अनुसार, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम दुई अर्ब ५१ करोड २० लाख ९४ हजार ८२२, दुर्घटना तथा अशक्तता दाबी रु २२ करोड ८६ लाख ५३ हजार ४७५ बराबर रहेको छ ।

आश्रित परिवार सुरक्षा दाबी रकम २९ करोड सात लाख ७२ हजार ११६ र अवकाश दाबी रकम रु १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार २७१ बराबर छ ।

सरकारले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य रूपमा सहभागी हुनैपर्ने वाध्यकारी व्यवस्था गरेपछि कोषको प्रभावकारिता समेत बढेको छ ।

स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान तथा विभिन्न सङ्घसंस्थाका कार्यरत कामदार तथा श्रमिक कोषमा सहभागी भइ योगदानकर्ता बन्न सक्छन् ।

कोषमा नियमित रूपमा योगदान गर्नेले औषधोउपचार, पेन्सन तथा दुर्घटना अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सुविधा पाउँछन् ।

कोषलाई प्रभावकारी बनाउन थप सिर्जनशल योजना ल्याउनुपर्ने आवाज पनि उठ्दै आएको छ । कोषमा योगदान रकम बढ्दै जाँदा लगानीका अन्य स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

प्रकाशित मिति: सोमबार, ०९ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.