काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल आयोजना हुँदै छन् ।
प्रतियोगितामा आज पूर्वी नेपालका दुई टोली जनकपुर बोल्ट्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दै छन् । पश्चिमका दुई टिम सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचकाे प्रतिस्पर्धा पनि आजै छ ।
पहिलो खेल जनकपुर र विराटनगरबीच हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा आज साविक विजेतासमेत रहेको जनकपुर पहिलो जितको खोजीमा छ । जनकुपर यसअघि उद्घाटन खेलमा काठमाण्डू गोर्खाजसँग पराजित भएकाे थियो ।
प्रतियाेगितामा उत्कृष्ट लयमा रहेकाे विराटनगर लगातार तेस्रो जितको खाेजीमा हुनेछ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको र काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
साविक उपविजेता सुदूरपश्चिम र कर्णाली याक्सबीचकाे खेल दिउँसाे ४ बजे सुरु हुनेछ । प्रतियोगितामा अपराजित सुदूरपश्चिमले यसअघि काठमाण्डू र पोखरालाई पराजित गरेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)