विराटनगर । विराटनगरमा नेकपा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन् । सुनसरीकाे दुहबीमा भने स्थानीय युवाले टायर बालेर प्रदर्शन गरेका छन् ।
एमाले नेता भानुभक्त ढकाल र महेश बस्नेत सवार कारमा विमानस्थल अगाडि युवाहरुले रातो मसी फ्याँकेका हुन् ।
महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन इटहरी जाने क्रममा रातो मसी फ्याकेपछि प्रहरीले दुईजनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय संजोग गौतम छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालयमा लगिरहँदा पनि जेनजी युवाहरुले महेश बस्नेतविरुद्ध नारा लगाएका थिए ।
कार्यक्रममा जान अवरोध पुर्याउन खोजिएको भन्दै महेश बस्नेतले ‘लोकतन्त्रमाथिको उपहास’ भएकाे बताएका छन् ।
महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरकिा डिएसपी चन्द्र खढ्काका अनुसार सडकमा बालिएको आगो प्रहरीले क्लियर गरिसकेको छ । ‘उहाँहरु क्रस भइसकेपछि टायर बालिएको थियो,’ उनले भने,‘ प्रहरीले क्लियर गरिसकेको छ ।’

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)