झापा । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३८ वर्षीय विनोद राउतको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सो मोटरसाइकल सडक किनारमा रोकेर राखिएको प्रदेश १–०१–००१ त ९९७७ नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक विनोद राउत र पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका थिए ।
गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि वर्तामोडस्थित बीएन्डसी अस्पताल लागिएकोमा चालक राउतको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मोटरसाइकल पछाडि बसेका २१ वर्षीय निश्चल भुजेलको उपचार भइरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)