काठमाडौ । प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएपछि आठ लाख ३७ हजार ९४ जना मतदाताले नामावली दर्ताका लागि निवेदन दिएका छन् ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सरकारले अध्यादेशबाट नामावली दर्ता प्रक्रिया सुरु गर्ने घोषणा गरेयता आठ लाख ३७ हजार ९४ जना मतदाताले नामावली दर्ता गराएका हुन् ।
आयोगको वेबपोर्टलमार्फत अनलाइन प्रविधिबाट तीन लाख ४४ हजार ९१४ जनाले नामावली दर्ता गराएका छन् । जसमध्ये एक लाख ९२ हजार ८९० जना पुरुष, एक लाख ५१ हजार ९८० जना महिला तथा ४४ जना अन्य मतदाताले नामावली दर्ता गराएका छन् ।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट चार लाख ९२ हजार १८० जनाले नामावली दर्ता गराएका छन्, जसमध्ये दुई लाख ८० हजार ३६५ पुरुष, दुई लाख ११ हजार ७९८ महिला र १७ अन्य छन् ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रविधिको उपयोगले मतदाता नामावली दर्ता प्रक्रिया थप सहज र सरल बनाएको बताए ।
आयोगको कात्तिक १८ गतेसम्म अद्यावधिक विवरण अनुसार मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० जना रहेकोमा मङ्सिर ५ गतेसम्म आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा मतदाताको सङ्ख्या एक करोड ९० लाख पाँच हजार ३२४ पुगेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)