एनपीएलमा आज दुई खेल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् ।

पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

आजको कर्णाली पहिलो जितको खोजीमा हुनेछ । कर्णालीले यसअघि चितवन राइनोजसँग चार विकेटको हार व्यहोरेको थियो ।

लुम्बिनी आज लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ११ः१५ बजेदेखि सुरु हुनेछ ।

दोस्रो खेलमा काठमाण्डू गोर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा काठमाण्डूको तेस्रो र विराटनगरको दोस्रो खेल हो ।

काठमाण्डूले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा भने काठमाण्डू सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो ।

याे  खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: शनिबार, ०७ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.