एनपीएलमा आज दुई खेल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् ।

पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

आजको कर्णाली पहिलो जितको खोजीमा हुनेछ । कर्णालीले यसअघि चितवन राइनोजसँग चार विकेटको हार व्यहोरेको थियो ।

लुम्बिनी आज लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ११ः१५ बजेदेखि सुरु हुनेछ ।

दोस्रो खेलमा काठमाण्डू गोर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा काठमाण्डूको तेस्रो र विराटनगरको दोस्रो खेल हो ।

काठमाण्डूले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा भने काठमाण्डू सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो ।

याे  खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: शनिबार, ०७ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.