विराटनगर । राष्ट्रिय उर्जाशील पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । मोरङ क्षेत्र नम्बर ५ का निवर्तमान स्वतन्त्र सांसद योगेन्द्र मण्डलको नेतृत्वमा गठन भएकाे राष्ट्रिय उर्जाशील पार्टीले शुक्रबार दल दर्ताकाे प्रमाणपत्र पाएकाे हाे ।
आयोगका सचिव महादेव पन्तले पार्टी अध्यक्ष मण्डललाई दल दर्ताको प्रमाणपत्र प्रदान गरे ।
पार्टीको चुनाव चिन्ह ‘चापाकल’ तोकिएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मण्डल स्वतन्त्र उम्मेदवारका रूपमा सोही चुनाव चिन्हबाट मोरङ क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए ।
राष्ट्रिय उर्जाशील पार्टीको केन्द्रीय समिति २७ सदस्यीय रहेको छ । अध्यक्षमा योगेन्द्र मण्डल छन् । पार्टी प्रवक्ताको जिम्मेवारी सुनिल दाहाललाई दिइएको छ भने संगठन विभाग प्रमुखकाे जिम्मेवारी विनय गजुरेलले पाएका छन् । अन्य पदाधिकारीको टुङ्गो लाग्न बाँकी रहेको पार्टीले जनाएको छ ।
पार्टीकाे केन्द्रीय समितिमा चिकित्सक र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरु छन् ।
पार्टीले नेपाली माटो सुहाउँदो ‘नेपालवाद’को सिद्धान्त विकास गर्ने अध्यक्ष मण्डलले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)