सुनसरी । सुनसरीका विभिन्न स्थानमा जंगली हात्तीको ठूलो समूहले बस्ती तथा खेतबारीमा पसेर वितण्डा मच्चाएको छ ।
भारतबाट आएका ५० भन्दा बढी हात्तीको समूहले बराहक्षेत्र, रामधुनी र कोशी गाउँपालिका क्षेत्रमा पाक्न लागेको धानबालीमा ठूलो नोक्सानी पुर्याएपछि स्थानीय किसान आतंकित बनेका छन् ।
विशेष गरी बराहक्षेत्र नगरपालिका-२ देखि ७ सम्मका जब्दी, सिमरवना, नडाहालगायतका क्षेत्रमा राति–राति हात्तीको बथान पस्ने गरेको छ। हात्तीले पाक्नै लागेको धान, तरकारी र फलफूल बाली सखाप पारेको स्थानीयले बताएका छन् ।
हात्तीको आतंकका कारण किसानहरू ठूलो मारमा परेका छन् । बराहक्षेत्र–२ का युवक बस्नेत, विज्ञान थापा लगायतका किसानको मात्रै करिब ५ बिघा धानबाली हात्तीले मिचिदिएको छ । पीडित किसान युवक बस्नेत भन्छन्, ‘यो वर्ष धानबाली सबै सकियो, खानका लागि चामल किन्नुपर्ने अवस्था आयो। दुई लाखभन्दा बढी क्षति भयो तर क्षतिपूर्ति ५ हजार पनि नआउने रहेछ ।’
यस्तै ६५ वर्षीया दिलकुमारी लिम्बूले १० कठ्ठा धानबाली नष्ट हुँदा लामो प्रक्रिया पूरा गरेर एक वर्षपछि मात्र ५ हजार रुपैयाँ राहत पाएको गुनासो गरिन् । ‘न राहत छिटो आउँछ, न सरकारले जनावर नियन्त्रण गर्छ,’ उनले भनिन् । सरकारी निकायको लाचारी जिल्ला वन कार्यालय र सरोकारवाला निकायले हात्ती नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको स्थानीयको आरोप छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले हात्तीले जब्दी, पुनर्बास, रेल्वे, अमाहालगायत क्षेत्रमा लगातार क्षति पुर्याइरहेको पुष्टि गरे । कोशी टप्पु वन्यजन्तु आरक्षका रेन्जर केदारप्रसाद दासका अनुसार गत वर्ष मात्रै अढाई सय बिघा बालीमा क्षति पुगेको थियो। बजेट अभावका कारण ३ सय १५ पीडितमध्ये २ सय ६० जनाले मात्र क्षतिपूर्ति पाएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)