केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गर्ने तयारीमा ईश्वर पोखरेल

Satya Sanchar सत्य सञ्चार

काठमाडौ । नेकपा एमालेकाे एघारौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उठ्ने बताएका छन् । उनले केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

पाेखरेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सघाएर अघि बढ्न तयार थिए । तर, ओलीले भण्डारीकाे सदस्यता नविकरण राेकिदिएपछि पाेखरेल अघि बढेका हुन् ।

महाधिवेशन तयारीका निम्ति उपसमितिहरू गठन गर्ने मुख्य एजेण्डासहित बिहीबार बसेकाे सचिवालय बैठकमा उनले चुनाव लड्ने घाेषणा गरे । उनकाे घाेषणाले पुन सर्वसम्मत नेतृत्व चयनको सम्भावना लगभग सकिएको छ ।

‘केपी ओलीले अध्यक्ष छोड्न सकिन्नँ भन्नुभयो, ईश्वर पोखरेलले म प्रतिस्पर्धा गर्छु भन्नुभएकाे छ ,’ सचिवालय बैठक भन्छन्,‘ औपचारिक रुपमै नेतृत्वको संघर्ष सुरु भयो ।’

बैठक सकिएपछि निर्णयहरू सुनाउने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले  स्वस्थ प्रतिस्पर्धालाई स्वीकार गरेर जानेबारे छलफल भएको बताएका थिए ।

बैठकमा ओलीले राजनीतिक परिस्थितिबारे व्याख्या गर्दै एकताबद्ध हुनुपर्ने निष्कर्ष सुनाएका थिए । एकताबद्ध हुनलाई नेतृत्वमा सहमति आवश्यकता रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: शुक्रबार, ०६ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.