एमाले प्रदेश कमिटी बैठक : केपी ओलीविरुद्ध बोल्ने निलम्बनमा, लेख्नेलाई स्पष्टीकरण

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिरहेका नेता कारबाहीमा परेका छन् ।

कोशी प्रदेश कमिटीले एमाले नेता तथा इटहरी उपमहानगरपालिका पूर्वप्रमुख द्वारिकलाल चौधरीलाई कारबाही गरेको हो । प्रदेश कमिटीले सामाजिक सञ्जालमा ओलीविरुद्ध लेखेका प्राडा बद्रीविशाल पोखरेललाई स्पष्टीकरण सोधेको छ ।

कोशी प्रदेश समितिको नवौं बैठकले प्रदेश कमिटी सदस्य चौधरीलाई ६ महिनाका लागि निलम्बन गरेको हो । २०७४ सालमा एमालेबाट इटहरीको मेयरमा निर्वाचित चौधरी २०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अघि माओवादी केन्द्र प्रवेश गरेका थिए ।

माओवादी केन्द्रबाट चौधरी सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट उम्मेदवार बनेका उनी चुनाव हारेपछि एमालेमा नै फर्किए । एमालेमा फर्किएपछि उनले अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध बोलिरहे । सचेत गराउँदा अटेर गरेपछि निलम्बन गरेको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

उनलाई कारबाहीका लागि जिल्ला कमिटीले सिफारिस गरेको थियो । पार्टी हित विपरीत कार्य गरेको भन्दै प्रदेश समिति सल्लाहकार झापाका मनोरथ तिवारी निलम्बनमा परेका छन् ।

सामाजिक सञ्जालमा अध्यक्षको आलोचना गर्दै आएका प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय प्रदेश कमिटी बैठकले गरेको छ । काशीनाथ दंगाललाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पोखरेल कुनैसमय केपी शर्मा ओलीका प्रिय थिए । पछिल्लो समय भने उनले ओलीको आलोचना गर्थे । ‘सामाजिक सञ्जालमा पार्टी हित विपरीत लेखेका कारण स्पष्टीकरण सोधिएको हो’, अध्यक्ष खतिवडाले भने,‘ नगर कमिटीबाट सिफारिस भएपछि प्रदेशले निर्णय गरेको हो ।’

बैठकले धर्म छोरीका रुपमा पालेकी छोरीलाई जवरजस्ती करणी गरेको मुद्दा खेपिरहेका एमाले प्रदेश कमिटी सल्लाहकार तथा विर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुव सिवाकोटीलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
एमालेले जारी गरेको अपानी (अन्तर पार्टी निर्देशन)मा पार्टी हित विपरित कार्य गरेकाले कारबाही र स्पष्टीकरण गर्ने निर्णय भएको उल्लेख छ ।

प्रदेश कमिटीले महाधिवेशन प्रतिनिधि छनोट प्रकृयालाई सकेसम्म सर्वसम्मत गर्न पनि निर्देशन दिएको छ । सर्वसम्मत नभएको स्थानमा मतदान मार्फत महाधिवेशन प्रतिनिधि छनोट हुने खतिवडाले बताए । मंसिर २७–२९ का लागि तोकिएको एमाले महाधिवेशनका लागि १३ मंसिरमा प्रतिनिधि छनोट हुँदैछन् ।

प्रकाशित मिति: बिहिबार, ०५ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.