एनपीएलमा चितवन राइनोजसँग लुम्बिनी लायन्सकाे खेल आज

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पहिलाे संस्करणकाे पुछारमा रहँदै नेपाल प्रिमियर लिग (एनपीएल) अन्त्य गरेको लुम्बिनी लायन्सले दोस्रो संस्करणको पहिलो खेलमा चितवन राइनोजसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो । चितवन भने आज लुम्बिनीविरुद्ध मैदान उत्रिँदा लगातार दोस्रो जितको खोजीमा हुनेछ । चितवनले  पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेकाे थियाे ।

एनपीएलको इतिहासमा यी दुई टिमबीच यसअघि पहिलो संस्करणमा एकपटक प्रतिस्पर्धा भएको थियो । पहिलो संस्करणको लिग चरणमा लुम्बिनी विजयी भएकाे थियो ।

मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल २७ गते हुने तालिका छ ।

 

प्रकाशित मिति: बिहिबार, ०५ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.