दश हजार धरौटी बुझाउन नसक्दा कारागार चलान भएका थुनुवाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । धराैटी बापतकाे दश हजार रुपैयाँ बुझाउन नसक्दा माेरङ कारागार चलान भएका एक व्यक्तीको मृत्यु भएको छ । बुधबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का थुनुवा ५७ वर्षीय गंगाबहादुर लिम्बूको मृत्यु भएको हो ।

जिल्ला कारागार माेरङका सूचना अधिकारी तुलसी पाैडेलका अनुसार अभद्र व्यवहार मुद्दामा लिम्बू थुनामा थिए । अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय मोरङले उनीविरुद्ध १० हजार रूपैयाँ धरौटी मागेको थियो । धरौटी तिर्न नसकेपछि उनी गत भदाै ४ गते कारागार चलान भएका थिए ।

उनको मुद्दा जिल्ला प्रशासन कार्यालयमा विचाराधीन छ ।

सास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएपछि मंगलबार राति उनलाई कारागार प्रशासनले विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

पथरीशनिश्चरे नगरपालिका ४ का वडाध्यक्ष लाेकनाथ न्याैपानेका अनुसार लिम्बुमाथि झैझगडा गरेका कारण अभद्र व्यवहार मुद्दा चलेकाे थियाे । मृत्यु भएकाे खबर आएपछि परिवारलाई जानकारी गराइएकाे उनले बताए ।

कात्तिक पहिलो साता मोरङ कारागारमा दुई जना कैदीबन्दीको मृत्यु भएको थियो । उनीहरुको समस्या पनि शरीर सुन्निे र शास फेर्न गाह्रो हुने थियो । कात्तिक १३ गते उर्लाबारी नगरपालिका– १ घर भएका २० वर्षीय मुस्कान दनुवारको बिहीबार मृत्यु भएको थियो । कात्तिक ७ गते सुन्दरहरैँचा नगरपालिका–७ घर भएका ३२ वर्षीय गोपाल भनिने जितप्रसाद सापकोटाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: बुधबार, ०४ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.