अंशु गाैतमकाे तस्बीर उनकाे शव भेटिएकाे स्थान । विराटनगर । मोरङमा पछिल्लो ३ महिनाको अन्तरमा अलगअलग स्थानमा दुई बालिकाको हत्या भयो । ३ महिनाको अन्तरमा हत्या गरेर फालेको अवस्थामा २ बालिकाको शव फेला परेपनि संलग्नसम्म प्रहरी पुग्न सकेकाे छैन ।
दुवै प्रकरणको अनुसन्धानमा पनि गरिरहेको छ । गत असार र असोज महिनामा मोरङका नग्न अवस्थामा मृत फेला परेका २ बालिकाको शवको अनुसन्धान अघि बढे पनि एउटा घटनामा पीडितको पहिचान खुल्न सकेको छैन भने अर्को घटनामा हत्यारासम्म प्रहरी पुग्न सकेको छैन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले दुवै घटनामा बलात्कारपछि हत्या भएको देखाउँछ । तर, शव सडेको अवस्थामा फेला परेका कारण मेडिकल रिपोर्टबाट बलात्कार पुष्टि हुन सकेको छैन ।
अंशु गौतमको हत्या अनुसन्धानमै
मोरङको लेटाङ नगरपालिका–२, स्कुलचोकबाट पिङ खेल्न निस्किएकी १३ वर्षीया अंशु गौतम गत असोज २१ गते बेपत्ता भएकी थिइन् । कार्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा उनको शव फेला परेको थियो ।
शरीर र टाउको छुट्टिएको, शरीरमा कपडा नभएको अवस्थामा शव फेला पर्यो । चप्पल र कपडाका आधारमा शव गौतमको रहेको पहिचान भएको थियो ।
अनुसन्धानका सबै उपाय प्रयोग गरे पनि प्रहरी घटनामा संलग्नसम्म पुग्न सकेको छैन । प्रहरी पछिल्लो समय पोलिग्राफ जाँचमा केन्द्रित भएको छ । बालिकाले मोबाइल प्रयोग नगर्ने भएकाले अनुसन्धान थप जटिल बनेको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा प्रदेश प्रहरी र जिल्ला प्रहरीको टोली संयुक्त रूपमा खटिएको छ । हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने अडान परिवारको छ । शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै शव राखिएको छ ।
लेटाङकी अंशुको हत्यामा संलग्नको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । ‘अनुसन्धानका सबै विधि प्रयोग गरिरहेका छौं,’ उनले भनिन्, ‘निष्कर्षमा पुगिसकिएको छैन, अनुसन्धान जारी छ ।’ बालिका घरबाट पिङसम्म पुगेको देखिन्छ ।
पिङबाट कसरी जंगलमा पुगिन् भन्ने खुलेको छैन । बालिकाले मोबाइल प्रयोग नगर्ने भएकाले अनुसन्धान जटिल भइरहेको प्रहरीको भनाइ छ । प्रहरीको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।
बुढीगंगा भेटिएको शवको पहिचान खुलेन
गत असार २८ गते सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा रहेको झाडीमा अन्दाजी १४–१५ वर्षकी एक बालिकाको नग्न र सडेएको अवस्थामा शव फेला परेको थियो । शवमा किरा परिसकेको र दुर्गन्ध फैलिएपछि देखेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मृत फेला परेकी बालिकाको ४ महिनासम्म पनि पहिचान खुल्न नसकेपछि प्रहरीले मृतक नेपाली नभएको निष्कर्ष निकालेको छ । प्रहरीले देशभर र भारतीय पक्षलाई समेत हुलिया पठाएर खोजी गर्दा पनि पहिचान गर्न नसकिएको डीएसपी चुँडालले बताइन् ।
‘हामीले सबै जिल्लाहरुमा हुलिया पठाएर खोजी गर्यौ । कतै, त्यसबेला बालिका हराएको सूचना छैन,’ उनले भनिन्, ‘बालिका भारतीय हुन् कि भन्ने शंकाले भारतीय पक्षलाई पनि सम्पर्क गरेका थियौं ।’
प्रहरीले डीएनए रिपोर्ट र हुलियाको विवरण सुरक्षित राखेर बेवारिसे शवको अन्त्यष्टिका लागि विराटनगर महानगरपालिकालाई पत्र लेखेको छ । यो घटनाको अनुसन्धान हाल मुल्तबीमा राखिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)