पहिलो त्रैमासमा जीवन विकासको मुनाफा बढ्यो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन विकास लघुवित्त वित्तीय संसथाको मुनाफा बढेको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमास (साउन–असाेज) मा संस्थाको खुद मुनाफा बढेकाे हो ।

जीवन विकासले सार्वजनिक गरेको रिपोर्टमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ५८ लाख ५९ हजार खुद मुनाफा आर्जन गरेको देखिन्छ । गत वर्षको सोही अवधिमा ९ करोड ९३ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

जीवन विकासको निष्कृय कर्जा (एनपीएल) गत वर्षको तुलनामा घटेको छ । गतवर्ष पहिलो त्रैमासमा ४.९१ प्रतिशत निष्कृय कर्जा थियो । चालु आथिक वर्षको पहिलो त्रैमासमा घटेर ४.६२ मा झरेको छ ।

पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९८ पैसा छ । प्रतिशेयर कुल सम्पति मूल्य १९७९ रुपैयाँ ७९ पैसा  पुगेकाे छ । प्रतिसेयर नेटवर्थ २९३.८० रुपैयाँ छ ।

कोशी, मधेश र बागमती प्रदेशमा वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासमा ३ लाख ५५ हजार बढी सदस्यले वित्तीय काराेबार गरिरहेका छन् ।

Quarterly Report Jeevan Bikas

प्रकाशित मिति: मङ्गलबार, ०३ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.