पहिलो त्रैमासमा जीवन विकासको मुनाफा बढ्यो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन विकास लघुवित्त वित्तीय संसथाको मुनाफा बढेको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमास (साउन–असाेज) मा संस्थाको खुद मुनाफा बढेकाे हो ।

जीवन विकासले सार्वजनिक गरेको रिपोर्टमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ५८ लाख ५९ हजार खुद मुनाफा आर्जन गरेको देखिन्छ । गत वर्षको सोही अवधिमा ९ करोड ९३ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

जीवन विकासको निष्कृय कर्जा (एनपीएल) गत वर्षको तुलनामा घटेको छ । गतवर्ष पहिलो त्रैमासमा ४.९१ प्रतिशत निष्कृय कर्जा थियो । चालु आथिक वर्षको पहिलो त्रैमासमा घटेर ४.६२ मा झरेको छ ।

पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९८ पैसा छ । प्रतिशेयर कुल सम्पति मूल्य १९७९ रुपैयाँ ७९ पैसा  पुगेकाे छ । प्रतिसेयर नेटवर्थ २९३.८० रुपैयाँ छ ।

कोशी, मधेश र बागमती प्रदेशमा वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासमा ३ लाख ५५ हजार बढी सदस्यले वित्तीय काराेबार गरिरहेका छन् ।

Quarterly Report Jeevan Bikas

प्रकाशित मिति: मङ्गलबार, ०३ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.