विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका मध्ये ५५७ जना कैदीबन्दी अझै फरार छन् ।
उनीहरु अहिलेसम्म कारागार प्रशासन र सुरक्षा संयन्त्रको सम्पर्कमा छैनन् । फरारमध्ये धेरैजसो गम्भीर तथा संगठित अपराधमा संलग्न छन् ।
झुम्का कारागारका जेलर सुवासकुमार लामिछानेका अनुसार फरारमध्ये सबैभन्दा धेरै १ सय ९८ जना लागुऔषध मुद्दाका कैदी छन् । जबरजस्ती करणीका १ सय ६१ जना, कर्तव्य ज्यानका ७३, चोरीका ३०, डकैतीका १३, अपहरण तथा मानव बेचबिखनका २३, ज्यान मार्ने उद्योगका १२, हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दाका २ छन् । त्योबाहेक ठगी, अभद्र व्यवहार, सामान्य झगडा तथा अन्य विभिन्न मुद्दाका ४४ जना कैदी फरार सूचीमा छन् ।
भदौ २४ गते कारागारबाट १ हजार ७ सय ९६ कैदीबन्दी फरार भएका थिए । तीमध्ये १ हजार १ सय ९७ जना फर्किसकेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)