मेयर छाडेर चुनाव लड्ने तयारी गर्दैछन् हर्क साम्पाङ

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ फागुन २१ को प्रतिनिधिसभा चुनाव सुनसरी–१ बाट लड्ने भएका छन् । मेयरको कार्यकाल बाँकी हुँदै उनले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले आफ्नै नेतृत्वको श्रम संस्कृति पार्टी दर्ता गरिसकेका छन् ।

श्रम संस्कृति पार्टीका महासचिव आरएन राई पनि पार्टी अध्यक्षसमेत रहेका मेयर साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरिरहेको जानकारी दिए ।

सामाजिक अभियन्ताका रुपमा काम गरेका साम्पाङले २०७९ को स्थानीय चुनावमा २० हजार ८२१ मत पाएर मेयर पदमा विजयी भएका थिए । त्यसबेला नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मत प्राप्त गर्दै दोस्रो बनेका थिए । नेकपा एमालेकी मञ्जु भण्डारी १२ हजार ८२५ मत पाएर तेस्रो बनेकी थिइन् । २०७६ मा धरानको स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार बनेका बेला उनले ४२२ मत मात्र पाएका थिए ।

मेयर साम्पाङले चुनाव लड्ने तयारी गरिरहेको सुनसरी–१ नम्बर निर्वाचन क्षेत्रमा धरान उपमहानगरका २० वटै वडा, बराह क्षेत्र नगरपालिकाको १ देखि ५ वडा र रामधुनी नगरपालिकाकाका ६ र ७ नम्बर वडा छन् ।

२०७९ को प्रतिनिधिसभा चुनावमा सुनसरी–१ बाट जनता समाजवादी पार्टी नेपालका तर्फबाट अशोक राई निर्वाचित भएका थिए । राईले १७ हजार ५९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले १६ हजार ६०६ मत र तेस्रो बनेका माओवादीका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेका थिए ।

सुनसरी–१ बाट २०४८ मा मनमोहन अधिकारी, २०५१ मा लिला श्रेष्ठ सुब्बा, २०५६ मा कुन्ता शर्मा विजयी भएका थिए । सुनसरी–१ मा २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका किरण कुमार राईले जितेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट कृष्णकुमार राई र २०७४ मा एमालेकै जयकुमार राई निर्वाचित भएका थिए ।

प्रकाशित मिति: आइतबार, ०१ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.