मोरङमा जेनजी आन्दोलनका दिन तोडफोड र आगजनी गर्ने २१ जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्ने २१ जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर र जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको हो ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते यो समूहले प्रहरी कार्यालय र प्रहरी बिटमा आगजनी र तोडफोड गरेको थियो । प्रहरीले अन्य अराजक समूहको पनि खोजी गरिरहेको जनाएको छ ।

तोडफोड र आगजनीमा संलग्न विराटनगर महानगरपालिका–५ का विशाल माल्मिकी, गोपी साह तथा विराटनगर–६ का विष्णु साफी, चन्दन बर्मा, किसन सहनी र विराटनगर–१४ का राकेश यादव रहेका छन् ।
त्यस्तै, जहदा गाउँपालिका–२ का प्रवेश मण्डल, जहदा–३ का सुशील यादव, जहदा–५ का सुरज सिंह र मुकेश कामतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उर्लाबारीबाट उर्लाबारी नगरपालिका–६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र उर्लाबारी–७ का रविन सुन्दास पक्राउ परेका छन् । पथरीबाट पथरीशनिश्चरे नगरपालिका–१ का चन्द्र कार्की, दीपक चौधरी, मुकेश बराइली, विश्वास थापा, सिद्धार्थ राई र मिथुन मण्डल पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता कोपिला चुँडालले जानकारी दिइन् ।

जेनजी आन्दोलनका क्रममा मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारी र पथरीमा आगजनी र तोडफोड भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको कार्यालय र प्रहरी बिटहरूमा पनि आगजनी र तोडफोड भएको थियो । सीआरभीको भ्यानमा पनि आगजनी भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, ३० कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.