काठमाडाैं । बिहार बिधानसभाकाे २४३ निर्वाचन क्षेत्रको मतगणना जारी छ । अधिकांश निर्वाचन क्षेत्रको मतगणना बिहान ८ बजेदेखि सुरू भएको हाे ।
मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भइरहेका छन् । प्रारम्भिक नतिजामा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडियू)ले अग्रता बढाएकाे छ ।
बहुमतका लागि १२२ सिट जित्नुपर्छ । एनडिएले बहुमत सिटमा अग्रता लिइरहेको छ ।
महागठबन्धन भने प्रारम्भिक चरणमै धेरै पछि परेको छ। यो गठबन्धनमा राष्ट्रिय जनता दल (आरजेडी), कंग्रेस, भारतीय कम्युनिस्ट पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी), कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) र विकासशील इन्सान पार्टी सामेल छन् ।
महागठबन्धनले बिहारका चर्चित नेता लालुप्रसाद यादवका कान्छा छोरा ३५ वर्षीय तेजस्वी यादवलाई मुख्यमन्त्री घोषणा गरेर चुनाव लडेको थियो । प्रारम्भिक नतिजाअनुसार महागठबन्धनले ६८ सिटमा अग्रता लिएको छ । पहिलोपटक चुनाव लडेको जनसुराज पार्टीले २ सिट र अन्य दलहरुले १२ सिटमा अग्रता लिएका छन्।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)