५ जना सांसदलाई पदमुक्त गर्ने सभामुखकाे निर्णयमा उपसभामुखकाे प्रतिवाद

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले ५ जना सांसदलाई पदमुक्त गरेको सूचना उपसभामुख बबिताकुमारी राउत ईशरले खारेज गरेकी छन् ।

अविश्वासकाे प्रस्ताव दर्ता भएपछि बिहीबार सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै ५ सांसदलाई पदमुक्त गरेकाे सूचना जारी गरेका थिए ।

उनले नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र शारदा शंकर प्रसाद कलवारको पद रिक्त भएको घाेषणा गरेका थिए ।

बिहीबार नै उपसभामुख बबिता कुमारीले जारी गरेको सूचनामा उनीहरु कात्तिक २२ गतेको बैठकमा उपस्थित भएको हाजिरी र भिडियो रेकर्ड रहेको भन्दै उनीहरुमाथिको कारबाही बदर भएको उल्लेख गरेकी छन् ।

उनले जारी गरेको सूचनामा लेखिएको छ, ‘मधेश प्रदेश सभाको पछिल्लोपटक मिति २०८२/७/२२ गतेको विश्वासको मत सम्बन्धी हाजिरी प्रस्तावको बैठकमा उक्त सूचनामा उल्लेख भएका सम्पूर्ण माननीयज्यूहरु उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट देखिएकोले सो पद रिक्त सम्बन्धी सूचना बदर गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालामा जानकारी गराइन्छ ।’

प्रकाशित मिति: शुक्रबार, २९ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.