विराटनगर । अविश्वासको प्रस्ताव दर्ता भएपछि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँचजना सांसदलाई पदमुक्त गरेका छन् । बिहीबार पाँच जनालाई पदमुक्त गरेका हुन् ।
उनले लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै पाँच जना सांसदलाई पदमुक्त गरेको मधेस प्रदेशसभा सचिवालयले जनाएको छ ।
उर्मीला देवी सिंह (सर्लाही), मनिषकुमार सुमन (सप्तरी), संजयकुमार यादव (सर्लाही), सिंहासन सा कलवार (सर्लाही) र सारदा शंकर प्रसाद कलवार (बारा)लाई कारबाही गरेका हुन् ।
पद रिक्तको जानकारी सम्बन्धमा एक सूचना जारी गर्दै भनिएको छ– मधेस प्रदेश सभा बैठकको अभिलेखअनुसार नेपालको संविधानको धारा १८०(घ) बमोजिम प्रदेश सभामा लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरु मिति २०८२ कात्तिक २७ गतेदेखि प्रदेश सभा सदस्यबाट पदमुक्त भएको हुँदा निजहरु प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको बेहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”
आजै सांसदहरूले सभामुखमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)